काठमाडौ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाली जिल्ला मुस्ताङको मुुक्तिनाथ भ्रमण गर्ने भएपछि यहाँको चिसो वातावरण एकाएक तातिएको छ । स्थानीय प्रशासन, स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म मोदीको स्वागतका लागि जुटेका छन्, यतिबेला । दुई दिने नेपाल भ्रमणको सिलसिलामा मोदी भोली शनिबार बिहान जोमसोम जाने कार्यक्रम रहेको छ ।
यतिखेर मुस्ताङमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि भव्य तयारी गरिएको छ । केही दिनयता प्रशासनले मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर सरसफाई गर्नेदेखि, सुरक्षा व्यवस्थालाई समेत चुस्त दुरुस्त बनाएको छ । मुस्ताङबासीहरुले पनि मोदी मुस्ताङ आउने भएपछि स्वागत गर्न आतुर भएको बताएका छन् । स्थानीयले मोदी मुस्ताङ आउने भएपछि विश्वमै मुस्ताङको प्रचार प्रसार भएर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
मुक्तिनाथ क्षेत्रका तस्बिरहरु
प्रतिक्रिया दिनुहोस्