जनकपुरधाम, २८ वैशाख । दुईै दिने नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री लाई हेर्न आउनेहरुको भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो अत्यधिक भएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको हो ।
रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको प्रहरीले बताउएको छ ।
स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरे पनि बिहानैदेखिको भिड हेर्दा त्यो भन्दा पनि धेरै पुग्ने अनुमान गर्न सकिन्छ विहान ९ बजे सम्म ३२ हजार मानिस जम्मा भई सकेको जिल्ला ट्राफिक कार्यालय जनकपुरले बताएको छ । ।
प्रतिक्रिया दिनुहोस्