काठमाडौं, २८ वैशाख- नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको हो ।
यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपाल आउँदा पनि यसैगरी टुँडिखेलमै विशेष राजकीय सम्मान दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्