काठमाडौं, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।
उहाँले जनकपुरको नागरिक अभिनन्दनको कार्यक्रमपछि काठमाडौं टुँडिखेलमा गार्ड अफ् अनर ग्रहण गरेलगत्तै राष्ट्रपतिसँग भेट्नुभएको हो । भेटवार्ताका क्रममा उहाँहरुबीच दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता अझ प्रगाढ बनाउन विषयमा छलफल भएको छ । भेटका अवसरका नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्