काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट फर्केर उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गर्नुभएको छ ।
काठमाडौंको टुँडिखेलमा गार्ड अफ् अनर ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपराष्ट्रपति पुनलाई भेट्न उपराष्ट्रपति निवास बहादुर भवन पुग्नुभएको थियो । भेटका क्रममा दुई देशबीचको प्राचीन तथा भ्रातृसम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्