काठमाडौं, २९ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि आन्तरिक तथा बाह्य उडान केहीबेर प्रभावित हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ जानुभएकाले अहिले बिहान साढे ६ बजेदेखि साढे सात बजेसम्मका लागि उडान र अवतरण बन्द गरिएको छ । यस्तै मोदी जोमसोमबाट काठमाडौं फर्किनेबेला ९ बजेपछि पनि केहीबेर उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।
बेलुकी मोदी स्वदेश फर्कने समय साढे ४ बजेदेखि साढे ५ बजे पनि उडान प्रभावित हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्