एमलोका अधयक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा सम्वादहरू भएको स्रोतले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि पार्टी एकीकरण गर्न प्रचण्डले प्रस्ताव गरेका छन् ।
पार्टी एकिकरणको लागि प्रचण्डले घोषणापत्रको लेखन शुरु गरिसकेका छन् । सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । नीति तथा कार्यक्रम र बजेट गठबन्धनले नभई एकिकरण पछिको नेपाल कम्युनिष्ट पार्टीले ल्याउने तयारी गठबन्धनको छ ।
ओली र दाहाललको निर्देशनपछि दोस्रो तहका नेताहरूले गोप्य रुपमा गृहकार्य अगाडि बढाएका छन् ।
जनयुद्ध शव्दावली विधानको प्रस्तावनामा नै राख्ने, प्रतिशतका आधारमा नभई बराबरीको सिद्धान्तका आधारमा एकता गर्ने कुरामा एमाले समेत तयार भएको माओवादी नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्