सुर्खेत, २ जेठ । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले ई जानकारी दिनुभयो । दुर्घटनास्थलमा एक जनाको शव पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।
नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपाली रहेको उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरमा भेटिएको अपुष्ट खबर आएको थियो ।
प्रतिक्रिया दिनुहोस्