सुर्खेत, २ वैशाख । हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका चालकदलका दुईजना सदस्यको शव सुर्खेत ल्याइपुर्याइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका चालक ललितपुरका किरण भट्टराई र सहचालक काठमाडौका आदित्य नेपालीको शव सुर्खेत हुँदै काठमाडौ लैजान लागिएको हो । दुवैजनाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्