काठमाडौं, २ जेठ । निकै चर्चा परिचर्चाका बावजुत नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।
जेठ ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता गर्ने एमाले उपमहासचिव विष्णु पौडेलले बताए ।
आज बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा गहन छलफल भएको थियो । छलफलमा चूनाव चिन्हदेखी जनयुद्धसम्मको भूमिकाबारे सबै कुरामा सहमत जुटिसकेको स्रोतले बताएको छ ।
पार्टी एकताबारे छलफल गर्न भोलि दुई पार्टीको एकता संयोजन समितिको बैठक बोलाइएको छ ।
एमालेले एकताको तयारीमा लागि आज ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रपनि एकताका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्