ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रम र बजेट एकै दलको नामबाट आउने


एबीसी न्यूज
२ जेष्ठ २०७५, बुधबार   ३ : १५   बजे

काठमाडौं, १ जेठ । एमाले र माओवादी केन्द्रबीचको एकताको अन्तिम चरणमा पुगेको दुवै दलका नेताहरुले बताएका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको वार्तापछि विहीवार या शुक्रवार एकताको घोषणा गर्ने गरी काम अघि बढाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो ९९ प्रतिशत काम सकिइसक्यो’, ‘अब १ प्रतिशत मात्र काम बाँकी छ ।’ दुवै अध्यक्षको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट एकै दलको नामबाट ल्याउने गरी सहमति भएको हो ।

त्यसका लागि केही प्राविधिक र कानुनी काम बाँकी रहेकाले त्यसको गृहकार्यका लागि दुवै पार्टी व्यस्त रहेका छन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले दुवै दल अब सघन तयारीमा लागेको र संसदमा नीति तथा कार्यक्रम पेस हुनुभन्दा पहिले नै पार्टी एकताको घोषणा गरिने बताउनुभयो ।

एमाले सचिव योगेश भट्टराईले आज बिहानको बैठकबाट धेरै कुरा टुंगो लागिसकेको र बाँकी कुरा एकता समायोजन समितिको बैठकबाट मिलाइने बताउनुभयो ।

यस्तो छ पार्टी एकताको प्रक्रिया

एकताका लागि दुवै दलका केन्द्रीय समितिका बैठकले केन्द्रीय समिति विघटन भएको घोषणा गर्नुपर्नेछ । त्यसैगरी नयाँ दलको नाम, केन्द्रीय सदस्यको संख्या, चुनाव चिन्ह, तदर्थ समिति गठनलगायत विषयमा निर्णय गर्नुपर्छ । केन्द्रीय समितिका बैठक फरक–फरक बस्नेछन् । तर निर्णय भने एकै व्यहोराका हुनेछन् ।

त्यसपछि दुवै दललाई एक बन्ने कानुनी बाटो खुला हुनेछ । त्यसपछि, निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनेछ । नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र चुनाव चिन्ह सूर्य राख्ने , गणतन्त्र स्थापनामा जनयुद्धको भुमिकाका बारेमा सहमति भइसकेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu