काठमाडौँ, २ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषयमा टुंगोमा पुग्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ।
बैठकको सुरुमा अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका प्रगति विवरणबारे ब्रिफिङ गरेका थिए।
अध्यक्षको ब्रिफिङपछि सदस्यहरुले सुझाव दिइरहेका छन्। सदस्यहरूको सुझाव सुनिसकेपछि अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्ने कार्यक्रम छ। पार्टी एकताको मिति भोलि बस्ने एकता संयोजन समितिको बैठकले तय गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्