ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करणलाई फेरी फर्काइदिए प्रभासले


admin
२ जेष्ठ २०७५, बुधबार   ७ : ३५   बजे

काठमाडौं, २ जेठ । बाहुबली फिल्मका अभिनेता प्रभासले बलिउडका चर्चित निर्माता करण जोहरको फिल्म खेल्ने प्रस्तावलाई पुन अस्वीकार गरिदिएका छन् ।

प्रभासले फिल्ममा काम गर्नको लागि अहिले समय नभएको र समय मिलाएर कुनै प्रोजेक्टमा मिलेर काम गरौला भन्दै करणको अफरलाई अस्वीकार गरेका छन ।

करणको अफरलाई प्रभासले यसरी नकारेको यो दोस्रो पटक हो । यसअघि पनि उनले करणको फिल्ममा काम गर्नका लागि अस्वीकार गरेका थिए ।

करणले पहिले अफर गरेको फिल्मको लागि प्रभासले धेरै ठूलो रकमको माग गरेका थिए । जुन रकम करणले दिन नमानेपछि प्रभासले उनको अफरलाई अस्वीकार गरेका थिए ।

करण जोहरले प्रभासलाई बलिउडमा डेब्यू गराउने कुराको लामो समयदेखि चर्चा थियो । करण चाहन्थे प्रभासले आफ्नो फिल्ममार्फत बलिउड फिल्म उद्योगमा प्रवेश गरुन् । तर प्रभासले करणले सोचेको भन्दा ठूलो रकमको माग गरेपछि करणले प्रभाससँग काम गर्ने सोच नै परिवर्तन गरेका थिए ।

अहिले फेरि करणले प्रभासलाई फिल्मका लागि अफर गरे पनि प्रभासले आफूसँग तपाईँको फिल्मका लागि समय छैन भन्दै टारिदिएका छन ।

प्रभास हाल फिल्म ‘साहो’ को छायाँकंनमा व्यस्त छन् । यस फिल्मको छायाँकंन अबुधाबीमा भइरहेको छ । यस फिल्ममार्फत बलिउड अभिनेत्री श्रद्धा कपूर तेलुगू फिल्ममा डेब्यू गर्दैछिन् ।सो फिल्म तेलुगू र हिन्दी भाषमा रिलिज हुनेछ ।

‘बाहुबली’ र ‘बाहुबली २’ जस्ता सुपरहिट फिल्म दिएका अभिनेता यस समयका निकै महंगा अभिनेतामध्येका एक हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu