काठमाडौं ३ जेठ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीको एकता दमनकारी होइन विकासकारी हुनका लागि भएको बताउनु भएको छ । मदन आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले अब नेपालमा नेकपाको कोही प्रतिद्धन्दी नरहेको दावी गर्नु भयो ।
कम्युनिस्टहरु मिल्न पनि जान्दछन् मात्र होइन अब फुटको अध्याय नै समाप्त भएको दावी गर्नुभयो । समृद्ध नेपाल र सुखी नेपाली बनाउका लागि पार्टी एकता भएको स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्