ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा सुरु भयो एकता संयोजन समितिको बैठक


एबीसी न्यूज
३ जेष्ठ २०७५, बिहिबार   ११ : ३९   बजे

काठमाडौँ, ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता  टुंगो लगाउन बाम एकता संयोजन समितिको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सयोजन समितिको वैठक सुरु भएको हो । एकता सम्बन्धी राजनीतिक र विधानसहितको संगठनात्मक प्रस्ताव तयार पार्न दुइटा कार्यदल बनेका थिए ।

बैठकमा एमाले उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, माओवादीका नेता जनार्दन शर्मा लगायत बालुवाटारमा छन् । झण्डै एक महिनापछि एकता संयोजन समितिको बैठक बसेको हो । संयोजन समिति बैठकले दुई दलका अध्यक्षबीच भएको सहमति अनुदोन गरि पार्टी एकताको समय निर्धारण गर्नेछ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार आज एकता गर्नेगरी सहमति जुटेको थियो । एकताको पूर्वअभ्यासको संकेत दिन माओवादी नेताहरु पहिलो पटक आज मदन–आश्रित स्मृतिसभामा सहभागि भए ।

संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेम गौतम, महासचिव ईश्वर पोखरेल र माओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र महासविच राममबहादुर थापा छन् ।
एमाले र माओवादीबीच आज दिउँसो ४ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरि एकता हुँदैछ ।

आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी छ । संयोजन समितिको बैठक लगत्तै एमालेको केन्द्रीय समिति बैठक बस्नेछ, त्यसपछि माओवादीको केन्द्रीय कार्यालय बैठक बस्नेछ । तीन बजेसम्म आयोगमा दल दर्ता गरेर ४ बजे पत्रकार सम्मेलन गरेर एकता घोषणा गर्ने कार्यसूची छ । एकीकृत पार्टीमा ४४१ केन्द्रीय सदस्य, ४३ सदस्यीय स्थायी समिति र चुनाव चिन्ह सूर्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group