काठमाडौं ३ जेठ । वाईसीएल नेपाल काठमाण्डौले आज उपत्यका ११ वटै स्थानिय निकायका जनप्रतिनिधीहरुसंग भेट गरि ध्यानआर्कषण पत्र बुझाएका छ । निर्वाचनको समयमा जनता सामु गरिएका घोषण पत्रमा उल्लेख गरि अनुरुप काम कारवाही नभएको भन्दै ध्यानआर्कषण पत्र बुझाएको हो ।
वाईसीएल नेपालको टोलीले स्थानिय निकायका प्रमुख र उप प्रमुखलाई लाई भेटेर निर्वाचनमा बोलेका कुरा र घोषणा पत्रमा उल्ख गरे अनुसार बिकासको काम नभएको भन्दै र ध्यानआर्कषण पत्र समेत बझाएको छ ।
वाईसीएल नेपालका काठमाण्डौ जिल्ला सचिव धिरज उपरकोटीको उपस्थितिमा आज तार्केश्वर नगरपालीकका मेयर रामेश्वर बोरा र उपमेयर भगवती डोटेललाई आज भेटेर ध्यान ध्यानआर्कषण बुझाएको छ।
वाईसीएल नेपाल काठमाण्डौ जिल्लाले आज विहीवार बिहान एकै समयमा काठमाण्डौका ११ वटै स्थानीय तहका प्रमुख महानगर पालीका र नगरपालीकाका मेयर र उपमेयरलाई भेटेर ध्यानआकर्षण पत्र बुजाएको वाईसीएल नेपाल काठमाण्डौ जिल्लाका सचिव धिरज उपरकोटी जानकारी दिए । हिजो चुनावको बेला जनता संग गरेको प्रतिवद्धता र बिकासको काम कति पुरा भयो भएन भनेर वाईसीएल नेपाल काठमाण्डौ जिल्लाले यो जनताको निमित्त जन प्रमुख हरूलाई खबरदारी अभियान चलाएको सचिव उपरकोटीले जानकारी दिए ।
वाईसीएल नेपाल केन्द्रीय योजना अनुसार अहलिले वाईसीएल नेपालले देशैभरी यो अभियान चलाउदै छ हिजो चुनावको बेला बिभीन्न पार्टीका नेताहरूले आफ्नो घोषणा पत्रमा प्रतिवद्धता गर्ने तर निर्वाचित भएपछि खासै जनपक्षिय काम नभएको र बिकासको काममा ढिलासुस्ती भएको राजधानीमा खासै बिकासको काम नभएको भन्दै जनताका गुनासो आउनु थालेपछि वाईसीएल नेपाल काठमाण्डौले उक्त कार्यको थालनी गरेको उपरकोटीले बताए ।
कार्यक्रम बमोजिम पहीलो चरणमा ध्यानआकर्षण पत्र बुझाएको वाईसीएल नेपालका काठमाण्डौ जिल्ला सचिव धिरज उपरकोटीले बताए । उनले भने हिजोपनि वाईसीएल नेपाल देश र जनताको लागी अभियान चलाएको समाजमा भएका विकृति विसंगतिकोे अन्त्य गरेको वाईसीएल नेपाल आज फेरी जनताकै प्रत्यक्ष सरोकार संग जोडीएको बिकासको लागी खबरदारी गर्दै छ र सधै वाईसीएल नेपाल जनताकै पक्षमा हुने छ।
प्रतिक्रिया दिनुहोस्