काठमाडौं,३ जेठ।नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेर आ–आफना पार्टी विघटन गरेपछिको संयुक्त बैठक बालुवाटारमा बसिरहेको छ । संयुक्त बैठकपछि एकीकृत पार्टीका नेताहरु विधिवत दल दर्ता प्रकृयाका लागि निर्र्वाचन आयोग जाने कार्यक्रम रहेको छ । त्यसपछि रिफ्रेस बैठकका लागि दुवै पार्टीका नेता गोकर्ण रिसोर्ट जाने बताइए पनि रिफ्रेस बैठक पनि बालुवाटारमा नै हुने पछिल्लो जानकारी आएको छ ।
प्रतिक्रिया दिनुहोस्