काठमाडौं,३ जेठ। सामुहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ । नेकपा एमाले र माओवादी केन्द्रको विघटनपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा दुवै पार्टी भंग भएको बताउँदै नयाँ पार्टी गठन भएको घोषणा गर्नुभएको हो । बालुवाटारमा भएको संयुक्त बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका सबै प्रक्रियाको जिम्मा देव गुरुङ र सुवासचन्द्र नेम्वाङलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्