काठमाडौं ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय रहेको कोटेश्वर पेरिसडाँडालाई बनाइने सहमति भएको छ ।
यस्तै सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीलाई बनाइने छ । माओवादी केन्द्र निकट स्रोतका अनुसार पेरिसडाँडामा केपी ओलीको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ भने धुम्बाराहीमा प्रचण्डको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ दुई पार्टीबीच प्रचण्ड र ओली नै महाधिवेशनसम्म अध्यक्ष बन्ने सहमति भएको छ ।
स्रोतका अनुसार भोलिसम्ममा पेरिसडाँडामा नयाँ पार्टीको बोर्ड राख्ने तय भएको छ । दुई पार्टी एकतापछि नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्