काठमाडौं,३ जेठ । प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अहिले एउटै पार्टीको बहुमतको सरकार भएको बताउनुभयो ।
राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै उहाँले पहिले मिलिजुली सरकार भए पनि अब एउटै पार्टीको सरकार भएको बताउनुभयो । त्यस्तै उहाँले ६ वटा प्रदेशमा पनि पहिले मिलिजुली सरकार भए पनि अब एउटै पार्टीको सरकार भएको बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले आउँदो चुनावमा आफूहरुले तीन चौथाइ मत ल्याउने पनि दावी गर्नुभयो । उहाँले पार्टी एकतालाई पनि ठट्टामा उडाउनेहरुले यसलाई पनि ठट्टामा उडाउने बताउनुभयो । उहाँले पार्टी एकता हुन्छ भन्ने कुरामै धेरैले आशंका गरेको बताउनुभयो, ‘६ महिना अगाडि धेरैलाई के–के ठट्टा लागेको थियो ?’
प्रतिक्रिया दिनुहोस्