ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८८ किलो सुन तस्करी: मुख्य दुई अभियुक्तलाई सर्वोच्चले दियो सफाई


admin
४ जेष्ठ २०७५, शुक्रबार   १२ : १६   बजे

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई मुख्य अभियुक्तको पक्षमा फैसला गरेको छ । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले सो आदेश सुनाएको हो।

८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त भनी प्रहरीले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खेलाई सर्वोच्चले सफाई दिएको हो ।

जिल्ला र उच्च अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए। जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले ८८ किलो सुन तस्करीको मुख्य आरोप लागेका व्यक्तिहरुलाई उन्मुक्ति दिएको हो।

गत भदौ १९ गते रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले भित्र्याइएको ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट प्रहरीले बरामद गरेको थियो।

तस्करी प्रकरणमा प्रहरीको महानगरीय अपराध महाशाखाले कात्तिक १७ गते ४ चिनियाँ नागरिकसहित ११ जनाविरुद्ध संगठित अपराधसहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। अभियुक्तहरु विरुद्ध ५ वर्ष कैद सजाय र ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

२ महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरुविरुद्ध २ वटा मुद्दा दायर गरेको हो। प्रहरीले सुन बोकेर ल्याउने गाडीका चालकलाई भने निर्दोष ठानेर मुद्दा दायर गरेको थिएन। उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्विकार गरेपछि उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए।

प्रहरीले ४ चिनियाँ नागरिकसहित नेपाली नागरिकहरु गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरंग मगर्ले, मानबहादुर तामाङ, उल्हास दिनकर सालुङ्गे र ल्याक्पा ग्याल्जोङ विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेका चिनियाँमा याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामा रहेका छन्।

अहिले पनि सुन तस्करीको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group