ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिष्ट पार्टी कति शक्तिशाली ?


admin
४ जेष्ठ २०७५, शुक्रबार   १ : ०९   बजे

काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । एकीकरण पछि नवगठित नेपाल कम्युनिष्ट पार्टी नेपाली इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी बनेको छ । पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई अध्यक्ष रहने छन् । दुवै अध्यक्षको हैसियत समान र निर्णयमा पनि उत्तिकै शक्तिशाली हुनेछ ।

एकतासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको स्थान झनै बलियो बनेको छ । एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो । निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ ।

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ ।

केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाको स्थान :

प्रतिनिधिसभा – २७५ सांसदमध्ये नेकपाका १७४
राष्ट्रियसभा – ५९ सांसदमध्ये नेकपाका ४२

६ वटा प्रदेशमा बहुमत :

प्रदेश १ – ९३ सांसदमध्ये नेकपाका ६७
प्रदेश २ – १०७ सांसदमध्ये नेकपाका ३२
प्रदेश ३ – ११० सांसदमध्ये नेकपाका ८१
प्रदेश ४ – ६० सांसदमध्ये नेकपाका ३२
प्रदेश ५ – ८७ सांसदमध्ये नेकपाका ६१
प्रदेश ६ – ४० सांसदमध्ये नेकपाका ३३
प्रदेश ७ – ५३ सांसदमध्ये नेकपाका ३९

स्थानीय तह:

६ महानगरमध्ये ३ मा प्रमुख, १ मा उपप्रमुख
११ उपमहानगरमध्ये ७ मा प्रमुख
२८० नगरपालिकामध्ये १४६ मा प्रमुख, १७२ मा उपप्रमुख
४८६ गाउँपालिकामध्ये २४३ मा अध्यक्ष, २६२ मा उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group