काठमाडौं, ४ जेठ । पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको साइनबोर्डमा रहेको ‘एमाले’ शब्द हटाइएको छ । शुक्रबार पार्टी कार्यालयका कर्मचारीले नेपाल कम्युनिष्ट पार्टी पछाडि लेखिएको एमाले शब्द हटाएका हुन् ।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय भएपछि कर्मचारीले नयाँ पार्टीको मात्र नाम राखेका हुन् । चुनाव चिह्न सूर्य नै राखिएकाले चिह्न भने हटाउन परेन ।
यसैबीच पार्टी महासचिव विष्णु पौडेलले सांगठनिक काम थालेका छन् । पार्टी कार्यालय धुम्बाराही पुगेर उनले शुक्रबार काम थालेका हुन् । तत्कालिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडालाई भने सम्पर्क कार्यालय बनाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्