काठमाडौं, ४ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले १ किलो ३ सय ग्राम सुनसहित एक भारतीय नागरिकपक्राउ परेका छन् । विमानस्थल प्रहरीले यसअघि पनि दुईपटक यसैगरी ल्याइएको ‘लिक्वीड गोल्ड’ बरामद गरेको थियो ।
समय र सुरक्षा सतर्कता बदलिएसँगै सुन तस्करीको तरिका पनि परिवर्तन हुँदै गएको छ । पछिल्लो सयम सुन तस्करहरुले कम्मरमा बाँध्ने पेटी आकारमा सुनलाई झोल बनाएर ल्याउने क्रम बढेको हो ।
शुक्रवार दुबईबाट नेपाल एयरलाईन्सको बिमान चढेर त्रिभुवन विमानस्थल ओर्लिएका भारत केरला स्थायी घर भएका शम्सिद पलक्कम कुझिइलको साथबाट प्रहरीले उक्त तरल सुन बरामद गरेको हो ।
कम्मर पेटी आकारमा प्लाष्टिकमा कभर गरिएको अवस्थामा बरामद गरेको उक्त सुनसहित अभियुक्तलाई भन्सार पठाईने विमानस्थल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्