एमाले–माओवादी छुट्टाछुट्टै हुँदा माओवादीको कट्टर आलोचक मानिने ओली त्यो बेला उसको हेडक्वार्टर जाने कुरा भएन । दुई पार्टीबीच एकता प्रक्रिया चलिरहेका बेला गएको फागुन १ गते ओलीलाई पेरिसडाँडा बोलाइएको थियो । तर, कार्यव्यस्तता देखाउँदै उनी त्यहाँ गएका थिएनन् ।
तर, तत्कालीन एमाले–माओवादी मिलेर बिहीबार मात्र नयाँ पार्टी, नेपाल कम्युनिष्ट पार्टी बनेपछि ओली अध्यक्षको हैसियतले पेरिसडाँडा पुगे । उनीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि थिए । उसो त प्रचण्डले पनि पहिलो पटक तत्कालीन एमालेको पार्टी मुख्यालय धुम्बाराहीमा पाइला टेकेका छन् । यति मात्र होइन ओलीले ‘जनयुद्ध’का शहीदलाई श्रद्धाञ्जली समेत दिएका छन् । ओलीले तत्कालीन माओवादीले ‘जनयुद्ध’का शहीदहरुको स्मृतिमा स्थापना गरेको स्तम्भमा माल्यार्पण गरेरका थिए ।
प्रतिक्रिया दिनुहोस्