डोल्पा, ५ जेठ । डोल्पामा एक होटेल ब्यबसाही बृद्ध सहित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुईजना महिला कर्मचारीमाथी कुटपीटमा संलग्न १० जना मध्ये २ जना पक्राउ परेकाछन् ।
पक्राउ पर्नेमा जुम्ला गोठीचौर गाँउपालिका वडा नं ३ गज्रयाङोट बस्ने बर्ष ३० का कुम सिँह बिक, सोही ठेगानाका ३ं० बर्षिया मनोज बिकलाई नियन्त्रणमा लिएर जिप्रका डोल्पामा ल्याईएको छ भने अन्य चार जनालाई जुम्ला चोत्रबाट प्रहरीले नियन्त्रणमा लिएर जिप्रका जुम्लामा पु¥याईएको प्रहरीले जनाएको छ ।
जगदुल्ला गाँउपालिका अन्तर्गत पर्ने नाउली लेकमा होटेल ब्यबसाय गर्दै आएका बृद्ध कृत सिँह महरा र शे–फोक्सुन्डो निकुञ्जबाट यार्सागुम्बा संकलनको प्रवेश शुल्क उठाउन नाउली पोष्टमा खटिएका जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नं १० गैरागाँउ घर भएकी सर्मीला हमाल र सोही जिल्ला तातोपानी गाँउपालिका वडा नं ५ घर भएकी जयन्ती न्यौपानेलाई दश जनाको समुहमा आएको टोलीले कुटपीट गरेको निकुञ्जले जनाएको छ ।
अत्याधिक माधकपदार्थ सेवन गरेर राती आई चैत्र देखिनै डोल्पाका यार्सागुम्बा पाटनहरुमा यार्सागुम्बा चोरी निकाशीगर्ने हामीनै हौँ कसले के गर्न सक्छ भन्दै घम्काएको र कुटपीट गरेको पिडीतहरुले बताए । घटनामा संम्लग्न बाँकी चारजना अझै फरार रहेकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । घाईते महताराको उपचार जिल्ला अस्पताल डोल्पामा भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्