काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्माले ओलीले विराटनगरमा रहेको भारतीय दूतावास कार्यालय हटाउने बताएका छन् ।
भारतीय दूतावासले १० बर्षदेखि विराटनगरमा फिल्ड कार्यालय संचालन गर्दै आएको छ ।
नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेता चयन भएपछि शनिबार सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारतीय दूतावासले विराटनगरमा संचालन गरिरहेको कार्यालय तत्कालै हटाउन लगाउने घोषणा गरेका हुन् ।
२०६५ सालको भदौमा आएको विनाशकारी बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गरेका थिए । सोही बहानामा भारतीय दूतावासले नेपाली सवारी साधनलाई पास दिन भन्दै फिल्ड कार्यालय खोलेको थियो ।
तर, संकटकालिन अबस्थामा केही दिन राहतका लागि स्थापना गरिएको फिल्ड कार्यालय अहिलेसम्म भारतले बन्द गरेको छैन् । बरु फिल्ड कार्यालयको बहानामा अनेक गतिविधि गर्दै आएको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्