ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनापछि प्रधानमन्त्री चीन भ्रमणमा


एबीसी न्यूज
५ जेष्ठ २०७५, शनिबार   ४ : ०५   बजे

काठमाडौं, ५ जेठ । नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्माले ओलीले  सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताउनुभयो ।
उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेकलगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चलाई सक्रिय गराउन नेपालले प्रयास गर्ने स्पष्ट गर्नुभयो ।
काँग्रेस झस्कनु पर्दैन 
प्रधानमन्त्री ओलीले वामपन्थीले जित्दा, सरकार बनाउँदा वा एकता हुँदा प्रतिपक्षी नेपाली काँग्रेस झस्कनु नपर्ने पनि बताउनुभयो । उहाँले नेपालमा सबैभन्दा लोकतन्त्रवादी दल नेकपा भएको दाबी गर्दै भन्नुभयो, “हामी यो शक्ति गलत ठाउँमा प्रहार गर्दैनौँ । नआत्तिए हुन्छ ।”

निर्वाचन क्षेत्र विकास कार्यक्रमको स्वरुप परिवर्तन हुने 
सांसदहरुले निर्वाचन क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यसको ढाँचा परिवर्तन हुन सक्ने जनाउनुभएको छ । “हामी निर्वाचन क्षेत्रको विकास गर्ने नै हो, यसमा विवाद छैन तर समानुपातिकका र राष्ट्रियसभाका सदस्यलाई कुन निर्वाचन क्षेत्रमा राखेर बजेट दिने भन्ने पनि अन्योल छ, हामीले गर्ने क्षेत्रको विकास हो, त्यसो गर्दा सांसदहरु बद्नाम नहुन् भन्नेमा पनि हामी सचेत हुनुपर्छ । यसमा सांसदहरुको नेतृत्वमा छानिएका योजनालाई कार्यान्वयन गर्ने गरी जान सकिन्छ ”’
बजेटमा प्रदेशगत सुझाव दिन आग्रह 
बैठकले सांसदहरुलाई प्रदेशगत छलफल गरेर बजेटमा छुटाउनै नहुने कार्यक्रमबारे यही जेठ ८ गतेभित्र सरकारलाई लिखित सुझाव दिन निर्र्देशन दिएको छ । निर्देशनपछि पार्टीका सांसदहरुको प्रदेश प्रदेशमा बैठक बस्नेक्रम शुरु भएको छ ।

उपनेता र सचेतक तोक्न बाँकी 
बैठकले दलको नेतामा ओलीलाई सर्वसम्मत चयन गरे पनि उपनेता, प्रमुख सचेतक र सचेतकबारे नेताहरुले सल्लाह गरेर निर्णय गरिने सांसद देवप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँले दलको विधान परिमार्जनको प्रक्रिया शुरु हुने पनि जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Canada Announces Retaliatory Tariffs on US Goods

US Envoy Accuses Israel of Lack of Warning Before Syria Strikes

Israeli Strikes Claim Lives in Ongoing Gaza Attacks

Trump Family Subpoena Fight Escalates in $10 Billion Defamation Case

Former Pinochet Agent Released From US Custody Despite Role in Political Assassination

Dozens Kidnapped in Nigerian Village Attacks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu