काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिपक्षीलाई कमजोर ठान्ने नहुने गल्ती नगर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
नेकपा संसदीय दलको पहिलो बैठकमा आज बोल्दै अध्यक्ष दाहालले ओभर कन्फिडेन्ट हुने र विपक्षीलाई कमजोर ठान्ने कार्यशैली पार्टी र देशकै लागि घातक हुने भन्दै त्यसो नगर्न सांसदहरुलाई निर्देशन दिनुभएको हो । ‘
ओभर कन्फिडेन्ट बन्ने र विपक्षीलाई कमजोर ठान्ने भुल नहोस,’ सांसदहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले भन्नुभयो । पार्टी एकतापछि शनिबार बसेको पहिलो संंसदीय दलको बैठकमा दाहालले पार्टी एकतापछि मुल नेतृत्वसवै सांसद र सदस्यहरुको जिम्मेवारी बढेको पनि प्रष्ट पार्नुभयो ।
विपक्षीहरुले ध्यानपूर्वक आफूहरुलाई हेरेको र आफूहरुले सानो कमजोरी गर्दा पनि त्यसलाई एक्सपोज गर्ने क्रम बढेर जाने उहाँको भनाई थियो । ‘पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ महनत गर्छ,’ दाहालले भन्नुभयो, ‘हाम्रा सांसदहरुले यो बिज्ञानको नियम बुझ्नपर्छ, एकतापछि बढ्ने विरोधलाई सामना गर्ने सामर्थ्य विकास गर्नूपर्छ ।’
‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन, सदैव सचेत हुनुपर्छ,’ दाहालले भन्नुभयो ।
विश्वले नै अत्यन्तै चासोका साथ हेरेको तथा जनताको अपेक्षा पनि बढेको भन्दै उहाँले ठूला र महत्वपूर्ण आयोजनाहरु अघि बढाएर विकासलाई तीब्र गति दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्