ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक : डा भटृराई


एबीसी न्यूज
५ जेष्ठ २०७५, शनिबार   ६ : ४४   बजे

पोखरा, ५ जेठ ।  नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च, पोखराद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो ।

देशको अर्थतन्त्र केवल आठ नौजनाले मात्र सञ्चालन गरेको बताउँदै भट्टराईले भन्नुभयो, “मुट्टीभरका व्यक्तिमा देशको अर्थतन्त्र रहँदासम्म देशको विकास र समृद्धिले फड्को मार्न सक्दैन, सबै खालका सिण्डीकेट, कमिशनखोर र भ्रष्टाचार हटाएर अगाडि बढ्नु आवश्यक छ ।”

पुराना राजनीतिक दलले सत्तालिप्सा, राज्यसत्ताको दोहनका लागि चुनावदेखि चुनावसम्मको राजनीति गर्ने गरेको चर्चा गर्दै उहाँले त्यस्तो राजनीतिले आमजनताको हित नगर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण राजनीतिक स्थायित्वको लागि सकारात्मक भएको र अन्य प्रजातान्त्रिक शक्ति पनि एक हुनुपर्ने बताउँदै उहाँले दलहरू जनताको चाहनाअनुसार रुपान्तरित बन्नु आवश्यक भएको बताउनुभयो ।

देशमा बढ्दै गएको भ्रष्टाचार, महँगी नियन्त्रण एवं विभेद अन्त्य गर्दै विकास र समृद्धितर्फ पुराना दलहरु अगाडि नबढेसम्म नेपाली जनताको आवश्यकता पूरा नहुने उहाँले बताउनुभयो । “नयाँशक्ति पार्टी सत्ता लिप्साभन्दा पनि समाजलाई रुपान्तरित गर्दै दीर्घकालीन रुपमा देशको समृद्धि अघि बढाउन चाहन्छ,”–उहाँले भन्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट नेपालका प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत सम्बन्ध सुधार गरेपनि देशको हितमा भने भ्रमण फलदायी नभएको उहाँको भनाइ छ ।

पोखराको फेवाताल संरक्षणका लागि आफू प्रधानमन्त्री भएकै समयमा समिति बनाएर काम शुरु गरेको र सर्वोच्च अदालतले पनि फेवा संरक्षणको पक्षमा फैसला गरेको बताउँदै उहाँले फेवाताल संरक्षणमा सबैको चासो बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Canada Announces Retaliatory Tariffs on US Goods

US Envoy Accuses Israel of Lack of Warning Before Syria Strikes

Israeli Strikes Claim Lives in Ongoing Gaza Attacks

Trump Family Subpoena Fight Escalates in $10 Billion Defamation Case

Former Pinochet Agent Released From US Custody Despite Role in Political Assassination

Dozens Kidnapped in Nigerian Village Attacks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu