ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराई मधेश विकासका निम्ति संघीय सरकारले प्याकेज ल्याउने : मन्त्री महासेठ


एबीसी न्यूज
६ जेष्ठ २०७५, आइतबार   ७ : ५१   बजे

धनुषा, ६जेठ ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले संघीय सरकारले तराई मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

जनकपुरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा प्रमुख अथितिको आसनबाट बोल्दै मन्त्री महासेठले मधेशमा संघीय सरकारको तर्फबाट जेठ १५ गते आउन लागेको बजेटमा विशेष कार्यक्रमको घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम आउने जानकारीसमेत गराउनुभयो ।

मन्त्री महासेठले मधेश र प्रदेश नं २ को सरकारलाई संघीय सरकारले पूर्णरुपले सहयोग गर्ने तयारी गरेको बताउँदै भन्नुभयो, “तराई मधेशसँग प्रधानमन्त्री हुनुहुन्छ, उहाँले विशेष प्याकेज ल्याउन गइरहेको छ ।

उहाँले विगतका सरकारहरुले मधेश र जनकपुरको विकासको सन्दर्भमा पूर्वाग्रह राखेको आरोप लगाउँदै भन्नुभयो, “ओली सरकारले यो साबित गरेर देखाउँछ कि मधेशप्रति कुनै किसिमको पूर्वाग्रह राखेको छैन ।” उहाँले मधेश र खासगरी जनकपुर हरेक क्षेत्रमा अगाडि बढ्ने बताउनुभयो ।

संघीय सरकारले अन्य प्रदेश र शहरको तुलनामा जनकपुरलाई विशेष विकास योजना दिने तयारीमा रहेको बताउनुभयो । उहाँले मधेशका हरेक जिल्ला सदरमुकामलाई भौतिक पूर्वाधार मन्त्रालयले चार लेन र छ लेनको सडकले जोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्री महासेठले सन् २०१८ भित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बढीमा अबको छ महिनाभित्रै निश्चित दूरीमा रेल कुदाउँछौँ, अहिले द्रुत गतिले काम भइरहेको छ, दुई वर्षभित्र त हामी रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौँ, यो सरकारको चाहना पनि हो ।’’

उहाँले जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पु¥याउने, काठमाडौँबाट वीरगञ्ज सोझै जोड्ने–एउटा भारतसँगको सम्बन्ध यातायातमार्फत पनि हाम्रो मित्रता बढाउन वीरगञ्ज–काठमाडौँ जोड्ने सोच बनाएको र डिपिआर भएर काम नै शुरुवात भइसकेको जानकारी दिनुभयो ।

मन्त्री महासेठ भन्नुभयो, “यो पाँच वर्षभित्रमा यो सरकारले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ–टोललाई जोड्ने प्रयास गर्नेछ ।”

मन्त्री महासेठले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरसहितको भ्रमण सफल भएकामा सबैलाई धन्यवाद दिनुभयो । उहाँले गर्न चाहना र इच्छा शक्ति भएको खण्डमा जे पनि सम्भव रहेको कुरा मोदीको भ्रमणका बेला जनकपुरमा रातारात गरेको सडक, सरसफाइलगायतका तयारीले साबित गरेको भन्नुभयो ।

उहाँले लामो समयदेखि यातायात क्षेत्रमा लगाएको सिन्डिकेट हटाउन सरकार सफल भएको र यस कार्यमा पत्रकारहरुको अहम् भूमिका रहेको भन्दै पत्रकारहरुलाई धन्यवाद दिनुभयो ।

मन्त्री महासेठले अहिले देशका दुई ठूला कम्युनिष्ट दल मिलेकाले गर्दा अब देशमा विकासको लहर चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले र माओवादी केन्द्रको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी गठन भएकामा देशमा विकासको ठूलो सम्भावना बढेको छ ।”

मन्त्री महासेठ यस एकतामा पत्रकारहरुको ठूलो योगदान रहेको बताउँदै भन्नुभयो, “पत्रकारहरुको दबाबले गर्दा एकता सम्भव भएको हो ।” उहाँले नेपाल अबको पाँच वर्षभित्र उल्लेखनीय तबरले आर्थिक विकासमा फड्को मार्ने निश्चित रहेको बताउनुभयो । उहाँले पत्रकारहरुले समयसमयमा सरकारको कामको समीक्षा गर्नुपर्ने र सरकारलाई झकझकाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ को कार्यसमितिलाई प्रमाणपत्र वितरणका साथै मिथिलाको पाग र गम्छा ओढाएर सम्मानसमेत गरिएको थियो ।  पत्रकार महासंघ प्रदेश नं २ मा दीपेन्द्र चौहानको नेतृत्वमा रहेको प्रेस युनियन, चौतारी र प्रेस सेन्टरको पूरा प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Canada Announces Retaliatory Tariffs on US Goods

US Envoy Accuses Israel of Lack of Warning Before Syria Strikes

Israeli Strikes Claim Lives in Ongoing Gaza Attacks

Trump Family Subpoena Fight Escalates in $10 Billion Defamation Case

Former Pinochet Agent Released From US Custody Despite Role in Political Assassination

Dozens Kidnapped in Nigerian Village Attacks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu