ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ३ लाई धुलोमुक्त बनाइनेः मन्त्री स्थापित


एबीसी न्यूज
६ जेष्ठ २०७५, आइतबार   ७ : ५७   बजे

 

काठमाडौँ,६ जेठ। प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताउनुभएको छ ।

प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडाँैमा आयोजित भेलामा उहाँले ३ नं प्रदेशलाई धुलोमुक्त बनाउने बताउनुभएको हो ।

उहाँले चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने जानकारी गराउनुभयो । “प्रदेश नं ३ मा अधिकांश सडक अझै कालोपत्रे भएका छैनन्, त्यसैले ग्राभेल सडकमा एग्रीविन्ड रसायन प्रयोग गरी धुलोलाई नियन्त्रण गरिनेछ”–उहाँले भन्नुभयो ।

उक्त प्रविधिमार्फत एग्रीविन्ड नामक रसायन प्रयोग गरी सडकलाई धुलौटो बनाएर जमाउने काम गरिन्छ जसले गर्दा सडकमा रहेको धुलो जमेर उड्न पाउँदैन । उहाँले भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको समेत जानकारी गराउनुभयो ।

मन्त्री स्थापितले सार्वजनिक खरिद ऐन संशोधन नभएसम्म तत्कालका लागि स्थानीय निकायले उपभोक्ता समितिको निर्णयका आधारमा काम थाल्न निर्देशन दिनुभयो । भेलामा कम्पनीका नेपाल प्रतिनिधि सुनील लोहियाले प्रविधिबारे जानकारी गराउँदै धुलो उड्ने सडकका लागि रसायन प्रयोग गरेर धुलो नियन्त्रण गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार धुलौटे बाटोलाई छ इन्च खन्ने, त्यसमा रहेका ढुङ्गा हटाउने र खनिएको छ इन्चमा माटोलाई पाउडर बनाइ भर्ने, उक्त माटोलाई हल्का पानीले भिजाई एग्रीविन्ड रसायन हाल्ने र घाम चर्को लागेको अवस्थामा केमिकल हालेको दुई घन्टापछि त्यस्तो बाटो कडा भई प्रयोग गर्न योग्य हुन्छ जसले गर्दा धुलो उड्न पाउँदैन । यस प्रविधिको प्रयोग गरेपछि बाटो बनाउन रोडा, बालुवा, अलकत्राजस्ता सामानको आवश्यकता पर्दैन । इक्वेडर, पेरु, रोमानिया, कोस्टारिकालगायत मुलुकमा यही प्रविधिमा सडक निर्मित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group