काठमाडौं, ६ जेठ । वैशाख महिनामा रेबिजका कारण चारजनाको ज्यान गएको छ । कुकुरले टोकेपछि रेविज विरुद्धको खोप नलगाउँदा ४ जनाको मृत्यु भएको हो ।
कुकुरको टोकाइलाई सामान्य रुपमा लिँदा बिरामीको ज्यान गएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । कुकुरको टोकाइपछि बिरामी धेरै ढिलो गरी उपचारमा जाँदा जोखिम हुने उहाँको भनाई छ ।
काठमाडौं उपत्यकासहित धेरै ठाउँमा कुकुरको टोकाइको जोखिम बढेको छ । हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा कुकुरले टोक्ने जोखिम धेरै हुन्छ । तर छाडा कुकुर व्यवस्थापन र खोपसँगै चेतना अभिवृद्धि नहुँदा जोखिम बढ्दै गएको हो ।
सरकारले रेबिज विरुद्ध निःशुल्क खोपको व्यवस्था गरेको छ । तर बेलाबेला खोपको अभाव हुँदा बिरामी आफैँले खरिद गर्नु पर्ने बाध्यता पनि आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्