हुम्ला, ६ जेठ: ताँजकोट गाउँपालिकाका वडासचिव गोपालचन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयको टोलीले सदरमुकाम सिमकोट तल्लो बजारमै वडासचिव लामालाई पक्राउ गरेको हो। पक्राउ परेका लामालाई छानविनका काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
कार्यालयमा हाजिर हुन गरेको पटक पटकको ताकेता अटेर गरेकाले उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त्ता दीर्घराज मैनालीले जानकारी दिए।
हुम्लाकोे ताँजकोट गाउँपालिकाअन्तर्गत साविकको मैला र मदना गाविसमा सचिवरहँदा लामाले विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपसहित उजुरी परेको थियो।
उजुरीको आधारमा छानबिनका लागि बारम्बार बोलाउँदा समेत सम्पर्कमा नआएपछि प्रहरी लगाई छानबिनको लागि समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
गाविस सचिव लामाले गाउँमा जाने सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकमको नक्कली कागजात समेत पेश गरेको र गाउँमा सामाजिक सुरक्षा भत्तासमेत वितरण नगरेको अनुसन्धानका क्रममा पाइएको आयोगले दिएको छ।
लामाले साविकको मैला र मदना गाविसमा कार्यरत रहँदा सामाजिक सुरक्षा भत्ता बापतको एक करोड ४९ लाखा रुपैयाँ हिनामिना गरेको ताँजकोट गाउँपालिका अध्यक्ष वागदल छत्यालले बताए।
प्रतिक्रिया दिनुहोस्