ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको कपनमा २४ हजार लिटर अवैध घरेलु मदिरा नष्ट


एबीसी न्यूज
६ जेष्ठ २०७५, आइतबार   १ : ०३   बजे

काठमाडौं, ६ जेठ । पछिल्लो सयम प्रहरीले अवैध मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ । यसै क्रममा महानगरीय प्रहरी परिसर बौद्ध र प्रहरी चौकी कपनले कपनका विभिन्न स्थानमा रहेका मदिरा उत्पादन गर्नेे भट्टीहरूलाई निशाना बनाएको छ । काठमाडौको वुढानिलकण्ठ नगरपालिका ११ पैयाटारमा अवैध रूपमा उत्पादन हुदै आएको मदिरा उत्पादन रोक्न प्रहरीले मदिरा नष्ट अभियान सञ्चालन गरेको छ ।

प्रहरीले कपनका विभिन्न स्थानमा छापा मारी १७ ओटा टहरामा बनाउदै गरेको २४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो । उक्त मदिरा स्थानीयवासीहरूको रोहबरमा नष्ट गरिएको छ । भट्टीहरूबाट मदिरा बनाउन प्रयोगमा आउने सवै सामान प्रहरीले जफत गरेको छ ।

विगत देखि नै उक्त क्षेत्रमा रहेका जग्गा भाडमा लिए र टहरा निमार्ण गरि घरेलु मदिरा बनाउने भट्टी सञ्चालनमा रहेको सूचनाको आधारमा प्रहरीले सो अभियान चलाएको महानगरीय प्रहरी परिसर बौद्धका डीएसपी श्याम बहादुर कुमार राईले बताए ।

उक्त क्षेत्रका विगत देखिनै जग्गा धनि संग तरकारी खेती या कुखुरा पानलको लागी भन्दै जग्गा भाडामा लिएर अवैध मदिरा उत्पादन र विक्रि वितरण गर्ने गरिएको थियो । अवैध घरेलु मदिरा बनाउँदै आएका उनिहरुले यसैलाई जीविकोपार्जनको मुख्य स्रोत बनाएपनि आर्थिक प्रलोभनमा मानव जीवनसंग निकै ठूलो खेलवाड गरेको देखिन्छ । आफ्नो वडामा यस्तो कृयाकलाप भएको थाहा पाएपछि प्रहरीसंगै पुगेका वडा अध्यक्ष राजु अधिकारीले यस्तो अवैध कार्य रोक्न आफुले वडाबाट आउने केही बजेटलाई मदिरा उत्पादकको आयस्तर उकास्न र अन्य सिपमूलक तालिम दिन लगाउने बताए ।

प्रहरीले छापा हान्दा हान्दै मदिरा बनाउनेहरु भने भागेका छन् । तर प्रहरीले मदिरा बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ र बनाउदै गरेको मदिरा नष्ट गरेको छ । अनुसार घरेलु मदिरा कडा बनाउन उत्पादनकर्ताहरुले केमिकल, यूरिया र फोहोर कपडा हाल्ने गर्दछन् । उत्पादित अवैध मदिरा काठमाडौका रेटुरेष्टहरुमा विक्रिवितरण हुने गरेको स्थानियबासी बताउछन् । व्यवसायिक रुपमै अवैध मदिरा उत्पादन गर्दै आएका उनीहरुले मानवजीवन संग ठूलो खेलवाड गरेको स्थानियबासी बताउछन् ।

आफैमा मन्द विष मानिने घरेलु मदिरा अझ त्यसमाथि पनि यूरिया र स्प्रिट एसिडको प्रयोगले मृगौलामा छिटो र प्रत्यक्ष असर पार्ने तथा यसले मुुटु, कलेजो, फोक्सो, आन्द्रा तथा मष्तिष्कमा समेत नराम्ररी असर गर्ने स्वास्थ्यकर्मी बताउछन् ।
यस क्षेत्रमा मदिराकै कारण धेरैले अकालमै ज्यान गुमाउनुका साथै सांझमा आफ्न्तसंग बस्न नमिल्ने बातावरण रहेको स्थानीयबासी बताउंछन् ।

यस अघि पनि प्रशासनले पटक पटक अवैध मदिरा बनाउनेहरुलाई कारवाही गर्ने, मदिरा नष्ट पार्ने र छापा हान्ने कार्य गरे पनि यो पेशा छुटेको छैन । दुई चार दिन आएर छापा हान्दैमा २-४ लिटर रक्सी पोख्याउदैमा यस्तो कार्य बन्द हुन सक्दैन । त्यसैले यसको नियन्त्रणका लागि नियमित कडाइ गर्न जरुरी छ । मदिरा उत्पादकहरुलाई अन्य पेशामा फर्काउनका लागि समेत सिपमूलक कार्यक्रम ल्याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu