काठमाडौं, ६ जेठ । पछिल्लो सयम प्रहरीले अवैध मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ । यसै क्रममा महानगरीय प्रहरी परिसर बौद्ध र प्रहरी चौकी कपनले कपनका विभिन्न स्थानमा रहेका मदिरा उत्पादन गर्नेे भट्टीहरूलाई निशाना बनाएको छ । काठमाडौको वुढानिलकण्ठ नगरपालिका ११ पैयाटारमा अवैध रूपमा उत्पादन हुदै आएको मदिरा उत्पादन रोक्न प्रहरीले मदिरा नष्ट अभियान सञ्चालन गरेको छ ।
प्रहरीले कपनका विभिन्न स्थानमा छापा मारी १७ ओटा टहरामा बनाउदै गरेको २४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो । उक्त मदिरा स्थानीयवासीहरूको रोहबरमा नष्ट गरिएको छ । भट्टीहरूबाट मदिरा बनाउन प्रयोगमा आउने सवै सामान प्रहरीले जफत गरेको छ ।
विगत देखि नै उक्त क्षेत्रमा रहेका जग्गा भाडमा लिए र टहरा निमार्ण गरि घरेलु मदिरा बनाउने भट्टी सञ्चालनमा रहेको सूचनाको आधारमा प्रहरीले सो अभियान चलाएको महानगरीय प्रहरी परिसर बौद्धका डीएसपी श्याम बहादुर कुमार राईले बताए ।
उक्त क्षेत्रका विगत देखिनै जग्गा धनि संग तरकारी खेती या कुखुरा पानलको लागी भन्दै जग्गा भाडामा लिएर अवैध मदिरा उत्पादन र विक्रि वितरण गर्ने गरिएको थियो । अवैध घरेलु मदिरा बनाउँदै आएका उनिहरुले यसैलाई जीविकोपार्जनको मुख्य स्रोत बनाएपनि आर्थिक प्रलोभनमा मानव जीवनसंग निकै ठूलो खेलवाड गरेको देखिन्छ । आफ्नो वडामा यस्तो कृयाकलाप भएको थाहा पाएपछि प्रहरीसंगै पुगेका वडा अध्यक्ष राजु अधिकारीले यस्तो अवैध कार्य रोक्न आफुले वडाबाट आउने केही बजेटलाई मदिरा उत्पादकको आयस्तर उकास्न र अन्य सिपमूलक तालिम दिन लगाउने बताए ।
प्रहरीले छापा हान्दा हान्दै मदिरा बनाउनेहरु भने भागेका छन् । तर प्रहरीले मदिरा बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ र बनाउदै गरेको मदिरा नष्ट गरेको छ । अनुसार घरेलु मदिरा कडा बनाउन उत्पादनकर्ताहरुले केमिकल, यूरिया र फोहोर कपडा हाल्ने गर्दछन् । उत्पादित अवैध मदिरा काठमाडौका रेटुरेष्टहरुमा विक्रिवितरण हुने गरेको स्थानियबासी बताउछन् । व्यवसायिक रुपमै अवैध मदिरा उत्पादन गर्दै आएका उनीहरुले मानवजीवन संग ठूलो खेलवाड गरेको स्थानियबासी बताउछन् ।
आफैमा मन्द विष मानिने घरेलु मदिरा अझ त्यसमाथि पनि यूरिया र स्प्रिट एसिडको प्रयोगले मृगौलामा छिटो र प्रत्यक्ष असर पार्ने तथा यसले मुुटु, कलेजो, फोक्सो, आन्द्रा तथा मष्तिष्कमा समेत नराम्ररी असर गर्ने स्वास्थ्यकर्मी बताउछन् ।
यस क्षेत्रमा मदिराकै कारण धेरैले अकालमै ज्यान गुमाउनुका साथै सांझमा आफ्न्तसंग बस्न नमिल्ने बातावरण रहेको स्थानीयबासी बताउंछन् ।
यस अघि पनि प्रशासनले पटक पटक अवैध मदिरा बनाउनेहरुलाई कारवाही गर्ने, मदिरा नष्ट पार्ने र छापा हान्ने कार्य गरे पनि यो पेशा छुटेको छैन । दुई चार दिन आएर छापा हान्दैमा २-४ लिटर रक्सी पोख्याउदैमा यस्तो कार्य बन्द हुन सक्दैन । त्यसैले यसको नियन्त्रणका लागि नियमित कडाइ गर्न जरुरी छ । मदिरा उत्पादकहरुलाई अन्य पेशामा फर्काउनका लागि समेत सिपमूलक कार्यक्रम ल्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्