काठमाडौँ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट ८८ जना सदस्यको नाम टुंगो लागेको छ । पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय कमिटीमा पर्ने पक्का भएको हो ।
पूर्व माओवादी केन्द्रले नेकपाको स्थायी समितिमा १९ स्थान पाएको छ । यदि एकता अघिको सचिवालयको बरियताक्रमलाई आधार बनाएर स्पठाउने नाम तय भयो भने स्थायी समितिमा जाने बरियतामा १७ औं, १८ औं र १९ नम्बरमा रहेका नेताहरु क्रमशः कूलप्रसाद केसी, मातृका यादव र मणि थापासमेत केन्द्रीय सदस्य हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्