काठमाडौं, ७ जेठ । तत्कालीन समयमा माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता योद्धा दिवस यस पटक देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनाउँदै छ ।
पछिल्लो समयमा एमाले र माओवादी एकीकरणपछि नेकपाको ब्यानरमा मनाउन लागिएको यो दिवस पहिलो हो । दिवसको अवसरमा दिउँसो एक बजे पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यक्रममा बोलाइएको छ । नेकपाका नेता प्रह्लाद बुढाथोकीले भने, ‘कार्यक्रममा प्रधानमन्त्रीले आउने कोशिस गर्छु भन्नु भएको छ । यदि भ्याउनु भएन भने अरु कोही वरिष्ठ नेता आउनुहुन्छ ।’
२०५६ जेठ ७ गते नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने, मिलन नेपाली, नविन गौतम र कमला शर्मालाई काठमाडौंको टेबहालबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएर वेपत्ता पारेको दिनलाई स्मरण गर्दै माओवादीहरुले वेपत्ता योद्धा दिवस मनाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्