सोमबार बिहान नुहाउन पोखरीमा पुगेका उनीहरुको पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन्।
बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै ४ किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि १ किलोमिटर टाढा रहेको छ।
पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । सूचना पाए लगत्तै गएको प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेका थिए। उक्त पोखरी प्राकृतिक पोखरीको रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन्।
उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ। मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। मृतक बालिकामध्ये २ जना दाजुभाइका छोरी रहेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्