ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसाइँसराइ रोक्ने व्यवस्था आवश्यक : नेता विजुक्छे


एबीसी न्यूज
८ जेष्ठ २०७५, मंगलबार   ९ : ०३   बजे

 

भक्तपुर, ८ जेठ ।  नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताउनुभएको छ ।

सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले जथाभावी हुने बसाइँ सराइले समस्यानै समस्या निम्त्याएको बताउनुभयो ।

विजुक्छेले भन्नुभयो– “अव्यवस्थित रुपमा एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँसराइलाई रोक्न नसक्दा सहर अव्यवस्थित भएको छ, बसाइँसराइकै कारण फोहर प्रदूषण बढ्नुका साथै अपराधसमेत बढ्दै गएको छ ।” बसाइँसराइको उचित व्यवस्थापन हुन नसक्दा राज्यको करोडाँै बजेट खर्च भएको बताउँदै उहाँले वाग्मती सफाइ अभियान यसको उदाहरण भएको औँल्याउनुभयो ।

केही देशमा एउटा जिल्लाबाट अन्य जिल्लामा बसाइँसराइ जाने नीति नभएकाले त्यस्तै नीति नेपालमा समेत अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष विजुक्छेले प्रहरी र प्रशासनको सहयोगमा स्थानीय तहले कोठा भाडामा बस्नेको तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो । व्यवस्थित ढल निकास नभएसम्म शहर सुन्दर नहुने भन्दै विजुक्छेले त्यसका लागि व्यवस्थित शहरीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक वर्षभित्रमा विकास निर्माणको कार्य गरेको बताउनुभयो । नगर प्रमुखले शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास सडकको गुणस्तरमा विकास गरी आगामी पाँचवर्षमा समृद्ध शहर बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu