काठमाडौं, ८ जेठ । सरकारले सोमवार ल्याएको नीति तथा कार्यक्रमले मुलुकको विकास र समृद्धिको यात्रा सुनिश्चित भएको बताए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार प्रचण्डले ल्याएको नीति तथा कार्यक्रमबाट मुलुकको विकास र समृद्धिको यात्रा अगाडी बढेको दावी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएका हुन् ।
उनले नीति तथा कार्यक्रमअनुसार बजेट आउने र त्यसले जनताको भावनालाई सम्बोधन गर्ने विश्वास पनि गरे ।अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रममा संघीयतालाई सुदृढ बनाउने विषयलाई स्पष्टसँग उल्लेख गरिएको दावी समेत गरे ।
प्रतिक्रिया दिनुहोस्