बिराटनगर, ८ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर पुर्याइएको छ । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि उनलाई बिराटनगर लगिएको हो ।
सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन । गोरेलाई आजै जिल्ला अदालतमा पेश गरिनेछ । यति एयरलाइन्सको विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल अोर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो ।
यतिबेला जिल्ला अदालत मोरङमा कडा सुरक्षा व्यवस्था गरिएको छ भने गोरेलाई हेर्नका लागि सर्वसाधारणको भीड लागेको छ ।
पछिल्ला दिनमा अति नै चर्चामा रहेका गोरेका बारेमा जान्न र उनलाई हेर्न सर्वसाधारणको भीड लागेको हो ।
प्रतिक्रिया दिनुहोस्