बिराटनगर ८ जेठ । जिल्ला अदालत मोरङले सुन तस्करीको अभियोगमा पक्राउ परेका मध्ये दुर्इजनालार्इ तारेखमा छुटेका छन । ३० जना सबै अाराेपीकाे बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । २८ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल पनि थुनामा गएका छन् । यस्तै भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी लगायत पनि पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ । प्रहरी जवानद्वय अमरबहादुर थापा र विष्णबहादुर खड्का भने तारेखमा छुटेका छन् ।
एसएसपी श्याम खत्रीका ड्राइभर खड्काले राजीखुसीले तस्करी गरेको नदेखिएको भन्दै तस्करबाट लिएको भनिएको १५ हजार धरौटीमा छोड्न आदेश भएको छ ।
प्रतिक्रिया दिनुहोस्