काठमाडौं, ९ जेठ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संददका दुवै सदनमा आजदेखि छलफल सुरु हुँदैछ । सरकारको तर्फबाट राष्ट्रपतिद्वारा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
सरकारले पाँच वर्षभित्र दोहोरो अंकको आर्थिकवृद्धि तथा प्रतिव्यक्ति आए दोब्बर बनाउने लक्ष्यसहितको नीति तथा कार्यक्रम ल्याएको छ ।
संसदका दुवै सदनमा बुधबारदेखि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ र यसका लागि तीन दिनको समय छुट्याइएको छ । त्यसपछि नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने तयारी हुनेछ । बैठक बिहान ११ बजेदेखि सुरु हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्