काठमाडौं, ९ जेठ । आज बुधवार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ । त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १० कठ्ठा जग्गा रहेको छ । शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा यसको स्रोत तलब भत्ता भनेका छन् । पत्नीको नाममा रहेको धेरैजसो सम्पत्ति स्वआर्जन उल्लेख गरिएको छ । ओलीसँग १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीसँग गाडी पनि नभएको सम्पत्ति वितरणमा जनाइएको छ ।
लालबाबु पण्डितको सम्पत्ति – एक थान पुरानो साइकल
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ ।
पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए अनुसार । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ । विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।
मन्त्री विना मगरको सम्पत्ति कति ?
काठमाडौं , ९ असोज । खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ । सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख छ ।
उनीसँग ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको छ, जसलाई उनले पैतृक सम्पत्ति भनेकी छन् । मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् ।प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैत्रिक भनिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन । एभरेष्ट बैंकमा खाता रहे पनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्