भुलिदेउ भन्छौ तिमी मलाई जान्दैन यो मनले
पराईठानु भनेपनि मान्दैन यो मनले
न त आफ्नो बन्यौ तिमी न भयौ बिरानो
फूल छोडी काँढालाई छान्दैन यो मनले
चाहनाका डाली डाली फुल्न खोज्दा
तिमी भमरा भै झुल्न खोज्छु धान्दैन यो मनले
मलाई चाहे जस्तो सोंच त्यो त तिम्रो खुशी
तिमीलाई कैले टाढा ठान्दैन यो मनले
तिमी कवि म कविता संयोग अचम्मको
कविछोडी अरुलाई तान्दैन यो मनले
कविता उपाध्याय
रोल्पा
प्रतिक्रिया दिनुहोस्