ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदीलाई सजाय माफ गरी छाड्न सिफारिस


admin
९ जेष्ठ २०७५, बुधबार   ८ : ०५   बजे

काठमाडौं, ९ जेठ । गणतन्त्र दिवसका दिन ८ सय ५० कैदीलाई बाँकी कैद माफी दिई जेलमुक्त गर्न नामको सिफारिस गरिएको छ । कारागार व्यवस्था विभागले मंगलबार गृह मन्त्रालयमा सो सिफारिस गरेको हो।

विभागले ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१’ अनुसार सिफारिस गरेको हो।

विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कार्यविधि अनुसार करिब ८ सय ५० कैदीलाई छाड्न सिफारिस गरिएको बताए। मैनालीले भने, ‘करिब ८ सय ५० को नाम कानुन अनुसार नै सिफारिस भएको छ।’

सिफारिस गरेको नाममा नेता बालकृष्ण ढुंगेलको नाम पनि परेको स्रोत बताउँछ । कार्यविधिको कैद माफी सम्बन्धी मापदण्डभित्रै पर्ने भएकाले ढुंगेलको नाम पनि सिफारिस गरिएको विभागका एक अधिकारीले बताए।

ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको फैसला गरिएको छ। गत कात्तिक १४ गते पक्राउ परेका ढुंगेल डिल्लीबजार कारागारमा छन्।

कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ। सोही प्रावधान अनुसार उनी सहित अन्यलाई गणतन्त्र दिवसको दिन (आगामी जेठ १५ गते) छाड्न लागिएको हो। कैद माफी गर्न सरकारले निर्णय गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group