काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार संयुक्त सम्बोधन गर्ने भएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
जेठ ३ गते घोषणा भएको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्