ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानाडामा एक नेपालीलाई ९ महिना जेल सजाय, कुकुरलाई कुटेको आरोप


admin
१० जेष्ठ २०७५, बिहिबार   ६ : ३१   बजे

काठमाडौं, १० जेठ । घरमा पालेको कुकुरलाई कुटेको आरोपमा एक नेपालीलाई क्यानाडामा ९ महिनाको जेल सजायँ सुनाइएको छ ।

क्यानडाको पिटरवर्गमा बस्ने नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी ठहरिएका हुन् । बिष्टलाई पक्राउ गर्नको लागि वारेन्ट जारी गरिएको छ ।

ग्लोबलन्यूजका अनुसार यो सजायँ गत सोमबार पिटरवर्गको प्रान्तीय अदालतमा सुनाइएको थियो । त्यसअघिका अन्य तीन पटकको घटनामा भने प्रान्तीय अभियोजकको आग्रहमा उनको केस फिर्ता लिइएको थियो ।

जनवरीमा पिटरवर्ग छोड्नुअघि बेरोजगार रहेका बिष्ट ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा बस्थे । त्यहाँ उनले पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य देखिएको थियो ।

बिष्टले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा कैद भएको थियो ।

तीन फरक मितिमा लिइएका तस्वीरहरुमा उनले गत वर्षको सेप्टेम्बर र अगस्टमा कुकुरलाई दुर्व्यवहार गरेको दृश्य अदालतमा देखाइएको थियो । उक्त भवनकोे भर्‍याङको भित्तामा कसैले रगतको दाग देखेपछि मात्रै सेक्युरिटी क्यामेरा राखिएको थियो ।

न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् ।

यस्तै बिष्टकी वकिल एन्जेला म्याकग्राथले उक्त कार्य डरलाग्दो र भयानक रहेको बताएकी थिइन् । अदालतमा उनले बिष्टले आफ्नो कार्यमा पछुतो मान्दै लेखेको चिठी पढेर सुनाएकी थिइन् । जसमा उनले आफ्नो कुकुरलाई राम्रो बनाउनका लागि तालिम दिन मात्रै खोजेको उल्लेख गरेका थिए । उनले अदालतलाई उदारता देखाउन समेत आग्रह गरेका थिए ।

तर, न्यायाधीशले माफी दिन मानेनन् र उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल सजायँ सुनाएका छन् । साथमा उनलाई जीवनभर घरपालुवा जनावर पाल्न प्रतिबन्ध लगाइएको छ । उक्त कुकुर अहिले बिष्टको पूर्वपत्नीको संरक्षणमा छ ।

क्यानडामा जनावरलाई हानी पुर्‍याए ६० हजार डलर र दुई वर्षको कैद सजायसम्म हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu