ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा ग्राहकको हत्या गरेको आरोप लागेका नेपाली दोषी ठहर


admin
११ जेष्ठ २०७५, शुक्रबार   ३ : ४२   बजे

अष्ट्रेलिया । ग्राहकको हत्या गरेको अभियोग लागेका एक नेपाली सेफलाई अष्ट्रेलियाको एक अदालतले दोषी ठहर गरको छ । अष्ट्रेलियाको भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत ५१ वर्षीय सेफ हरिप्रसाद ढकाललाई अदालतले दोषी ठहर गरेको हो ।

उनी अवैध रुपमा बसोबास गरिरहेको पनि खुलेको छ । ढकाललाई मेलबर्नमा जुन १ देखि जेल सजाय दिइनेछ । उनको सजाय सकिएपछि नेपाल फिर्ता पठाइने छ ।

उनीमाथि पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको थियो, जसमा उनी दोषी पनि ठहर भएका हुन् ।

ढकालका वकिल अलेक्जान्डरका अनुसार उनले २००० मा नेपाल छाडेका थिए । उनले अष्ट्रेलियामा प्रोटेक्सन भिसाका लागि आवेदन पनि दिएका थिए तर, त्यो अस्वीकृत भयो । २००० र २०१६ को बीचमा ढकाल न्यू साउथ वेल्स, क्विन्सल्याण्ड र भिक्टोरियामा बस्ने गर्थे ।

अलेक्जान्डरले भने, ‘हत्याको रात ढकाललाई सिद्दिकीले पछाडिबाट आक्रमण गर्न लागेका थिए र ढकालले आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा उनको मृत्यु भयो ।’

ढकालको क्रियाकलाप पूर्वयोजनाअनुसार नभएको, उनले प्रहरीसँग सहकार्य गरेको, परिणामहरुको सामना गरेको र पछुतो व्यक्त गरेको अलेक्जान्डरले अदालतमा बताए ।

रेष्टुरेन्टमा ग्राहकको हत्या गरेपछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए ।

ढकालले हत्यामा आफ्नो दोष नरहेको बयान दिएका थिए । उनले सिद्दिकीलाई मारेको अस्वीस्कार त गरेनन् तर, उनले आत्मरक्षाको लागि सिद्दिकीमाथि आक्रमण गरेको बताए ।

अभियोजनकर्ताहरुले सिद्दिकीले रक्सी पिउँदै सेफलाई अश्लील गाली गलौज गर्दै अपमान गरेकोे र त्यसको झोँकमा ढकालले हत्या गरेको दावी गरेका थिए ।

अभियोजनकर्ता प्याट बोउर्कले सो घटना दुखद र नीरीह भएको भन्दै भने, ‘ढकालले एक निशस्त्र मानिसलाई आक्रमण गरेर हत्या गरे किनभने उक्त मानिसले अपमान गरेर उनलाई रिस उठाएको थियो । उसले उनलाई रिस उठाए पनि डरलाग्दो आक्रमण गरेको थिएन ।’

ढकालका वकिल अलेक्जान्डरले त्यसको प्रतिवाद गर्दै भने, ‘सिद्दिकीले विवादका क्रममा चक्कुले आक्रमण गर्न लागेपछि ढकाललाई डर लाग्यो । आक्रमण गरे ।’

अन्तत ढकाललाई अदालतले दोषी ठहर गरेको छ । र, जेल भुक्तान गरिसकेपछि नेपाल फर्काइनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu