दाङ,१२ जेठ । दाङ, शान्तिनगरमा झाडापखालाबाट अहिले सम्म ३ सय ११ जना बिरामी परेका छन् । उक्त गाँउपालिका वडा नम्वर ३ र ४ मा शुक्रवार बिहानदेखि शुरु भएको झाडापखालाका बिरामीको संख्या बढ्ने क्रममा रहेको शान्तिनगरका ईन्चार्ज ईच्छा महतले बताईन । स्वास्थ्य चौकि ईन्चार्ज महतका अनुसार फुटप्वाईजन जस्तो लक्ष्यण देखिएको उक्त झापखालाबाट बढी उमेर समूहका पीडित भएका छन् ।
ती मध्ये कम्तीमा ४०, ५० जनालाई स्वास्थ्यचौकिबाट रिफर गरि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा थप उपचारका लागि ल्याइएको पठाईएको महतले बताईन ।
अञ्चल अस्पतालमा बिरामी संख्याको चाप बढेकाले अन्य ती बिरामीहरुलाई तुलसीपुरका निजी अस्पतालमा राखि उपचार गराउने गरि तयारी भएको छ ।
अन्यको भने स्वास्थ्य चौक र स्वास्थ्यकर्मीको निगरानीमा घरमै उपचार भई रहेको उनले बताईन । वाकवाकी लाग्ने, पखाला चल्ने जस्ता मूख्य लक्ष्यण देखा परेको स्वास्थ्य चौकि शान्तिनगरले जनाएको छ ।
पानीको अभाव हुने त्यस क्षेत्रका बासीन्दाहरुले खाल्डोमा खोर्सेर पानी पिउदै आएका थिए । फोहर पानीकै कारण झाडापखाला भएको हुन सक्ने स्वास्थ्यकर्मीहरुले आशंका गरेका छन् । बिरामीको अवस्थाका बारेमा जानकारी लिन दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ नेतृत्वमा जिल्ला जनस्वास्थ्यका अधिकारीहरु पनि प्रभाबित क्षेत्रमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्